काठमाडौं । पछिल्लो २४ घन्टामा ३५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १३ हजार १४५ जनामा गरिएको परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
त्यसैगरी, सोही समयमा ६३५९ जना डिस्चार्ज भएका छन् । यस्तै, कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको छ ।
आज देशभरी ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।