सप्तरी । कोरोनाको तेस्रो लहरमा कोरोना संक्रमणका कारण सप्तरीमा मृत्यु हुनेको संख्या चार पुगेको छ । पछिल्लो पटक सप्तरीको राजविराज नगरपालिका–१५ का एक पुरुषको मृत्यु भएपछि मृत्यु हुनेको संख्या चार पुगेको हो ।
बिरामी परेका उनको धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उपचारको क्रममा माघ १४ गते पिसिआर परीक्षण गराउँदा १५ गते कोरोना पोजेटिभ आएको थियो ।
सोही दिन उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
रुपनी गाउँपालिका वडा(१ की ७६ वर्षीया एक महिलाको, बिष्णुपुर गाउँपालिका(७ का एक पुरुष र रुपनी गाउँपालिका–१ कै एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।