काठमाडौं । गत २४ घण्टामा नेपालमा थप १५५८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा १३५१ जना संक्रमणमुक्त भएका छन् । साथै थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण नेपालमा मृत्यु हुृनेको संख्या ११ हजार १२ पुगेको छ । देशभर सक्रिया कोरोना संक्रमितको संख्या भने २५ हजार ४९७ रहेको छ ।
हालसम्म ७ लाख ८३ हजार ७५ जनाको पिसिआर परिक्षण गरिएको छ भने ८८ हजार ६५९ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएको छ ।