एक सचिवमा तीन सहसचिवको नाम सिफारिस

काठमाडौं । रिक्त एक सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तिन सहसचिवको नाम सिफारिस गरिएको छ। 


सचिव बढुवा सिफारिस समितिको हालै बसेको बैठकले सहसचिवहरु रामेश्वर दंगाल, मुकुन्द प्रसाद निरौला र विनोद प्रकाश सिंहको नाम बढुवाका लागि सिफारिस गरेको हो। 

सरकारले उनीहरुमध्ये एकजनालाई सचिवमा बढु्वा गर्नेछ। पहिलो नम्बरमा सिफारिस गरिएका दंगाल हाल अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख छन्।

दोश्रो नम्बरमा रहेका निरौला गृह मन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखा प्रमुख छन्। त्यसैगरी तेश्रो नम्बरमा रहेका सहसचिव सिंह सञ्चार मन्त्रालयका प्रवक्ता छन्।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.