स्थानीय निर्वाचनको मिति घोषणा गर्न एमालेको दबाव

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारलाई दबाव दिएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटो घोषणा गर्नुपर्नेमा जोड दिएको हो । 

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रिय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा समेत गरेको थियो  ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.