बिइङ ह्युमन नेपालका सञ्चालक बख्रेल लागूऔषध मुद्दामा जोडिए

काठमाडौं। प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले राजश्व छली गरी ल्याइएका मदिरासहित बख्रेल पक्राउ परेका थिए । अनुसन्धानका क्रममा उनी लागूऔषध कसुरमा पनि मुछिएको पाइएको छ । 

बिइङ ह्युमन क्लोथिङ नेपालका सञ्चालक सन्तोषचन्द्र बख्रेल धेरै गैर कानूनी धन्दामा संलग्न हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । लागूऔषध कारोवारमा उनी यसअघि नै फरारको सूचीमा रहेको प्रहरीले बताएको छ । 

नेपालमा राजु थापाले बलिउड अभिनेता सलमान खानको च्यारिटी कम्पनीले चलाएको बिइङ ह्युमन क्लोथिङ चलाउँदै आएका थिए ।

उनको स्वामित्व किन्दै बख्रेलले त्यसको नेपाल अधिकार लिएका थिए । उनी लागूऔषध सम्बन्धी दुई वटा कसूरमा मुछिएको प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताएका छन्  ।

नेपालमा लागूऔषध र नक्कली मदिरा वितरण गर्ने गिरोह नै बख्रेलले संचालन गरेको प्रहरीको भनाई छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.