जेठ ४ मा निर्वाचन गर्ने प्रधानमन्त्री देउवाको घोषणा, तयारीमा जुट्न अनुरोध

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आगमी जेठ ४ गते निर्वाचन गर्ने घोषणा गरेका छन् । सत्तारुढ गठबन्धन दलमा निर्वाचनको विषयलाई लिएर मिति तोक्न आलटाल गरिरहेको अवस्थामा प्रधानमन्त्रीले जेठ ४ गते निर्वाचन गर्ने घोषणा गरेका हुन् ।

गठबन्धनको बैठकले जेठ महिना भित्र निर्वाचन गर्ने भनिएता पनि प्रधानमन्त्री देउवाले जेठ ४ गते नै निर्वाचन गर्ने भन्दै तयारीमा जुट्न अनुरोध गरेका छन् ।

आज काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने भन्दै गाउँ गाउँमा तयारीमा जुट्न निर्देशन दिएका हुन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.