काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमन्त्री मिनेन्द्र रिजाल सहभागी हुने भएका छन् ।
युवा संघ नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘स्थानीय निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ शीर्षकमा विशेष बहस कार्यक्रममा उनी सहभागी हुन लागेका हुन् ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, कांग्रेस नेता एवं शेरबहादुर देउवा सरकारका पूर्वमन्त्री मिनेन्द्र रिजाल, एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेल वक्ता रहेका छन् ।