काठमाडौं । गृह मन्त्रालयमा बुधबार दिउँसो १ बजे सुरक्षा समितिको बैठक बस्न भएको छ । सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने भएपछि गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।
बैठकमा सबै सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका अधिकारीहरु सहभागी हुनेछन्। निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मंगलबार गरेको छ।
यस्तै सुरक्षा समितिको बैठकमा कोभिडको तेस्रो महामारी रोकथामका विषयमा पनि छलफल हुने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।