अब हुने सबै चुनावमा गठबन्धन गरेर अगाडि बढ्छौं : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन अब हुने सबै चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने दाबी गरेका छन् ।

अनेरास्ववियूद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुराको  दाबी गरेका हुन् । 

उनले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनको जितको क्रम सुरू भएको  बताए । ‘देश अब गठबन्धनको राजनीतिमा गइसक्यो । अब सबै चुनावमा गठबन्धन गरेर अगाडि बढ्छौं’, उनले भने ।


उनले गठबन्धन तोड्न कसैले प्रस्ताव गरेको भए पनि सफल नहुने बताए । ‘जेठमा स्थानीय चुनाव हुँदैछ । गठबन्धन एकढिक्का भएर जानेछ । कसैले गठबन्धन तोड्नुस् भनेका होलान् तर तिनले चाहँदैमा गठबन्धन टुट्दैन’, उनले भने ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.