राष्ट्रिय युवा संघ नेपालको बहस कार्यक्रम सुरु 

काठमाडौं ।  राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको बहस कार्यक्रम सुरु भएको छ । 

युवा संघ नेपालले आज काठमाडौंमा आयोजना गरेको  ‘स्थानीय निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ शीर्षकमा विशेष बहस गरिरहेको छ  । 

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, कांग्रेस नेता एवं शेरबहादुर देउवा सरकारका पूर्वमन्त्री मिनेन्द्र रिजाल, एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेल वक्ता रहेका छन्  ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.