काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ मा चुनाव गर्नैपर्ने बताएका छन् ।
बुधबार भक्तपुरको जर्मन हस्पिटालिटी पार्टी प्यालेसमा बसेको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधनका क्रममा ओलीले सो कुरा भनेका हुन्।
ओलीले गठबन्धन सरकारका केही दलका नेताहरुले २०७९ चैत्रमा निर्वाचन गर्ने भनेर अफवाह फैलाइरहेको पनि बताएका छन्।
उनले सम्बोधनका क्रममा कोरोनाविरुद्धको २४ लाख खोप हराउनु सरकारको गम्भीर लापरबाही भएको समेत टिप्पणी गरे ।