निर्वाचन सुरक्षा योजना ल्याउन सुरक्षा निकायलाई गृहमन्त्रालयको निर्देशन

काठमाडौं ।  बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न  सुरक्षा निकायलाई गृहमन्त्रालयले निर्देशन दिएको छ । 

गृह मन्त्रालयको  प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षा निकायलाई चुनावी सुरक्षा योजना बनाएर ल्याउन निर्देशन दिएको बताए ।  'पहिलाको निर्वाचनलाई आधार मानेर कति जनशक्ति चाहिन्छ त्यस्को स्टीमेट बनाउन निर्देशन दिएको,' गृह मन्त्रालयको  प्रवक्ता पोखरेलले क्विक नेपालसँग भने । 

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा समग्र सुरक्षाको विश्लेषणका साथै सुधार्नुपर्ने विषयमा छलफल भएको थियो । 


बैठकमा जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा भरपर्दो दिनका लागि आवश्यक सबै रणनीति अख्तियार गर्न गृहमन्त्रीले निर्देशन दिएका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.