मापदण्ड विपरीतका निजी अस्पताल बन्द गराउन डा. केसीको  माग(ज्ञापनपत्रसहित)

काठमाडौं । डा. गोविन्द केसीले देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सात बुँदे पत्र लेख्दै उनले मापदण्ड विना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको बताएका छन् ।

केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न, विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्तिको अभाव पूर्ति गर्न माग गरेका छन् ।

नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्रका विद्यार्थीसँग अवैध रुपमा अतिरिक्त रकम माग गरिएको भन्दै केसीले मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्न माग गरेका छन् ।

केसीले नेपाल मेडिकल काउन्सिलमा पदीय मर्यादाविपरीत स्वार्थ समूहहरुको काम गर्ने व्यक्तिहरु रहेको भन्दै स्वार्थको द्वन्द्व भएका व्यक्तिलाई पदमुक्त गरी योग्य र निष्पक्ष व्यक्ति नियुक्त गर्न माग गरेका छन् ।

केसीले स्वास्थ्यमन्त्रीलाई दिएको ज्ञापनपत्र

Dr-Govinda-kc.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.