दोहोरो अंकले घट्यो नेप्से,८ अर्बको कारोबार

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बिहीबार १४ अंकले घटेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुो कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.२६ अंकले घटेको छ ।

आज ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । २ सय २४ वटा कम्पनीको १ करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर कारोबार भएको छ ।

सेयर बजार घटेको दिन पनि आज वीन नेपाल लघुवित्त सेयरको मूल्यमा सकारात्क सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको धेरै कारोबार भएको छ । सो कम्पनीको आज ८२ करोड ७० लाख ३५ हजार ३ रुपैयाँको कारोबार भएको हो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.