काठमाडौं । महन्थ ठाकुर र शेरबहादुर देउवाले बालुवाटारमा भेटवार्ता गरेका छन् ।
प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार अपरान्ह सुटुक्क भेटेका हुन् ।
भेटका क्रममा ठाकुरले दुईवटा कुरा उठाएको बताइएको छ । देउवासँगको संवादका क्रममा उनले मधेस आन्दोलका क्रममा चलाइएका मुद्दा फिर्ता र टीकापुर हत्यकाण्डका मुख्य दोषी एवम् निलम्वित सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने कुरा ठाकुरले राखेका छन्।
मधेस आन्दोलनका मुद्दा फिर्ता र रेशम चौधरीको रिहाइबारेमा प्रधानमन्त्रीले गठबन्धनमा आवश्यक छलफल गरेर आवश्यक निर्णय लिन सकिने जवाफ दिएका थिए ।
तर यसबारेमा ठाकुर स्वयम्ले केही पनि खुलाएका छैनन्।