कोरोना कहरकै बीच बढ्यो सुपरयाटको बिक्री

काठमाडौं । कोरोना कहरकै बीच ह्वात्तै सुपरयाटको बिक्रीं   बढेको छ ।   आपूर्ति शृंखला ध्वस्त पार्दै आकाशिँदो मूल्यकै बीच गत वर्ष सुपरयाटको बिक्री उच्च विन्दुमा पुगेको हो । 

सन् २०२१ मा ८८७ सुपरयाटहरु बिक्री भएका थिए। जुन अघिल्लो वर्षभन्दा ७७ प्रतिशतले बढी र सन् २०१९ को तुलनामा दोब्बरले बढी भएको भेसेल्सभ्यालुको एक रिपोर्टले देखाएको छ। 

यसकै बीच ब्लुमबर्ग अर्बपति सूचकांकअनुसार एक खर्ब ७४ अर्ब ७० करोड अमेरिकी डलर सम्पत्ति भएका जेफ बेजोस आफ्नो ४१७ फुट लामो सुपरयाटको डेलिभरी कुरिरहेका छन्। 


गत वर्ष विश्वका ५०० धनीका लागि कम ब्याजदर र बुलिस सेयरबजारले १० खर्ब डलर सम्पत्ति थपिदियो। भेसेल्सभ्यालुका अनुसार कोरोना महामारी र बढ्दो सम्पत्ति आर्जनले सुपरयाटको माग ह्वात्तै बढाइदियो। यसमा सस्तो दरमा ऋण पाउने सुविधाले थप मलजल गर्यो । 

यसैबीच, ब्याजदर बढ्दै गर्दा र इक्विटी मार्केटमा ससाना छाल आउँदै गर्दा नवप्रवर्तनको अभावका कारण आगामी केही महिनासम्म कम्तीमा सुपरयाटको मूल्य घटाउनेछैन।


सुपरयाट बनाइसक्न धेरै वर्षको समय लाग्छ। त्यही भएर यसलाई खरिद गर्ने धेरै सेकेन्डह्यान्ड सुपरयाटमा रुचि राख्छन् । 

 

 


  

© 2021 Quicknepal.com  |  All Rights Reserved.