जुम्लामा  हिमपात, जनजीवन कष्टकर (फोटोफिचर)

जुम्ला । जुम्लामा  पुनः हिमपात भएको छ ।  बिहिबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हो । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ ।

हिमपातका कारण जुम्लामा बत्ती र  इन्टनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए ।

जुम्लामा स्याउ लगाउने  र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएको छ ।

273071750_634289901010624_1148537856582970550_n.jpg

272955616_3001475853399789_5859317515760738534_n.jpg

272338361_937568023820043_7245221844014316315_n.jpg

269607582_471126017955950_5900514936679730853_n.jpg

259265173_941998756675742_5414262065094523007_n.jpg

248340903_6972232609517735_6134474468201403320_n.jpg

256092766_1247861589072212_1123440591396985359_n.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.