घट्याे सुनचाँदीकाे मूल्य

काठमाडाैं । शुक्रबार सुनचाँदी दुबैको मूल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको पाँच रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ९२ हजार ७०० रुपैया र चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.