काठमाडौं । सिंहदरबारमा तत्काल विद्यालय सञ्चालनको विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा सो छलफल सुरु भएको हो ।
बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् ।
सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्धित विद्यालयमै विशेष खोप अभियान चलाएको छ । त्यसपछि भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनको जोड छ ।