रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु

धनुषा ।  हावाहुरीका कारण रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको छ । मधेस प्रदेशमा शुक्रबार बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाको कारण धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको हो  ।


हावाहुरीले रुख ढाल्दा त्यसमा च्यापिएर मृत्यु हुनेहरूमध्ये धनुषा सबैलाका ८ वर्षीया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदा रहेका छन् । 

विद्यालयमा रहेकै बेला त्यहाँको रुख ढल्दा दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

यस्तै रौतहटमा हावाहुरीले ४५ वर्षीया महिला फूलमति देवीको मृत्यु भएको छ । रुख ढलेर घरमाथि खस्दा घर भत्किएपछि च्यापिएर उनको मृत्यु भएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.