कर्णाली । गैरसांसदलाई कर्णाली प्रदेशमा मन्त्री बनाउन खोजीएको छ । जसकारण नेकपा माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ ।
माओवादी केन्द्रले गणेशप्रसाद सिंह र छिरिङ डम्डोल लामा (कार्चेन)लाई मन्त्री बनाउने तयारी गरेको छ । हुम्लाका कार्चेन गैरसांसद हुन् । प्रदेश कमिटीले कार्चेनको नाम सिफारिस गरेपछि माओवादीमा असन्तुष्टि देखिएको हो ।
कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले सार्वजनिक रुपमा विरोध गरेका छन् ।
कर्णालीका अरु माओवादी सांसदहरुले पनि गैरसांसदलाई मन्त्री बनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।कर्णालीमा जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकार छ ।