आइतबारदेखि पुःन  मौसममा सुधार हुने

काठमाडौं ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशकाभरका केहि  स्थानमा  वर्षा  हुने र हिमपातको सम्भावना रहेको छ ।  


 आज पनि प्रदेश १, मधेस प्रदेश, गण्डकी प्रदेश र  बागमतीमा  सामान्य देखि पूर्ण बदली भई केही  केहि स्थानमा  हल्का वर्षा भइरहेको छ ।

काठमाडौ उपत्यकामा भने विहानदेखि नै मौसममा  बदली रहनुका साथै अधिकांश स्थानमा हल्का वर्षा समेत भइरहेको छ । 

प्रतिकूल मौसमकाबीचमा  पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा बाह्य दुबै उडान सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ ।

‘भिजिबिलिटीमा देखिएको समस्याका कारण आइएफआर प्रविधिबाट उडान संचालनमा रहेको पनि विमानस्थलले जनाएको छ । 

अहिले  देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ भने  भोलिदेखि मौसममा क्रमिक  रुपमा सुधार आउने महाशाखाले जनाएको छ । 


© 2021 Quicknepal.com  |  All Rights Reserved.