काठमाडौं । २०२२ मा पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य राखेको छ । कारोना महामारीको प्रभाव अन्त्यसँगै यो वर्ष ५ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य राखेका हो ।
पाँच लाख पर्यटक भित्र्याउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारकातर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।
सन् २०२१ मा नेपालमा ३२ वर्षयताकै सबैभन्दा कम १ लाख हाराहारी मात्र पर्यटक आएका थिए । सरकारले २०२२ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसका लागि राष्ट्रिय स्तरको समिति गठन गरिएको छ ।
मन्त्रालयमा शुक्रबार बेलुका बसेको पर्यटन पुनरुत्थान समितिको पहिलो बैठकले सन् २०२२ मा ५ लाख र २०२३ मा यो संख्यालाई दोब्बर गर्ने लक्ष्य सार्वजनिक गरेको हो ।
कार्यक्रममा मन्त्री आलेले कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र उकास्न सरकारले प्राथमिकता दिने बताएका थिए ।
कोरोनाका कारण थला परेका पर्यटन उद्योग लयमा फर्काउन माघ २ गते उक्त समिति विधिवत् रूपमा गठन भएको थियो ।
शुक्रबार बेलुका पहिलोपटक समतिको बैठक बसेको हो ।