काठमाडौं । वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ ।यो निजी क्षेत्रको वायु सेवा कम्पनी हो ।
सेवा विस्तार गरेर थप सेवालाई प्रभावकारी बनाउने उदेश्यले एयरलाइन्स कम्पनीले नयाँ जहाज थप्ने काम अगाडि बढाएको हो । यस अघि उक्त कम्पनीले एकैसाथ दुई थान थप नयाँ जहाज खरिद गरेको थियो ।
पछिल्लो पटक कम्पनीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थप गरेको हो । यी थपएिका जहाजसहित कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।
एयरलाइन्सले ५ वटा जहाज भित्र्याउने योजना अन्तगर्त ८० सिट क्षमताका समान तीन जहाज मध्ये दुई वटा नेपाल आइसकेको र बाँकी एउटा छिट्टै भित्र्याउने कम्पनीको योजना रहेको श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरका बताए ।
अरु दुई जहाजको पनि खरिद प्रक्रियामा अघि बढाइने उनको भनाइ छ । उनले भने,‘हाम्रो जहाज थप्ने र बजार विस्तार गर्ने योजना अनुरुप पाँच वटा जहाज खरिदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको र अनुमति मागेको मध्ये तीन वटा जहाज खरिद भइसकेको छ ।
अन्य दुई थान नेपाल आइसकेको र बाँकी रहेको त्यो एक थान पनि चाँडै नै नेपाल ल्याउने प्रबन्धक मान्नधरले बताए ।
हाल सुर्खेत र तुम्लिङटारमा नयाँ उडान सञ्चालन गर्ने कम्पनीले योजना बनाएको छ । यस उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग एयरलाइन्सले नियामक उडान अनुमति मागिसकेको छ । त्यसमा देखिएका समस्याको समाधान भई सकेपछि काम सुचारु हुने कम्पनीको भनाइ छ ।