बालुवाटारमा सकियो तीन दलका शीर्ष नेताको  बैठक, एमाले आफ्नो अडान नछाड्ने

काठमाडौं । बालुवाटारमा  जारी तीन दलको बैठक सकिएको छ । 


नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक सकिएको हो ।

उक्त बैठमा अमेरिकी परियोजना एमसीसी, स्थानीय तह निर्वाचन मिति, अवरुद्ध संसद खुलाउनेसहितका विषयमा कुरा भएको बताइएको छ । 

सभामुखको भूमिकाका कारण प्रतिनिधिसभामा उपस्थित हुन भएको बैठकमा एमालेले बताएको थियो । आफूहरुको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नसक्ने पनि एमालेले स्पष्ट गरेको छ । 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे पहिले सत्ता गठबन्धनमा एकमत हुनुपर्ने कुरा राखेका थिए । त्यसपछि मात्रै प्रतिपक्षले आफ्नो ठोस धारणा ल्याउने पनि उनले बैठकमा बताएका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.