काठमाडौं । काठमाडौँ उपत्यकामा निजी सवारी लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हट्ने भएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउन लागेको हो ।
कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउने भएको छ । सीसीएमसीसीको बैठकले सिफारिस गरेपछि स्मार्ट लकडाउन खुकुलो बनाउन लागेको हो ।
यस्तै आगामी फागुन १ गते स्कूल तथा कलेज खोल्न पाइने भएको छ । आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


