चन्द्रागिरीको जङ्गलबाट  हराएका ५ जनाको रातको १ बजे उद्धार

काठमाडौं  । चन्द्रागिरीको जङ्गलबाट  हराएका ५ जनाको उद्धार गरिएको छ । चन्द्रागिरीमा हिउँ खेल्न गई हराइरहेका ५ जनाको मध्यराति १ बजे प्रहरीले उद्धार गरेको हो । 

विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट समेत गरी ३७ जनाको उद्धार टोलीले ५ घण्टा लामो सर्च अपरेसनपछि हराइरहेका पाँचजनालाई उद्धार गरेको हो ।

हिउँ खेल्न गएका बालबालिकासहितका पाँच जना हराएको सूचना आउनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट डिएसपी डिल्ली नारायण पाण्डे नेतृत्व र महानगरीय नगर प्रहरी कार्यालयबाट डीएसपीकै कमाण्डमा उद्धार टोली हराइरहेकाहरुको खोजीको लागि चन्द्रागिरी जङ्गलमा गएको थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.