काठमाडौं । कोरोनाविरुद्धको खोप अनिवार्य गरेपछि ट्रक चालकहरुले विरोध जनाएका थए । विरोधका कारण सुरु भएको आन्दोलन थप सशक्त बनेपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ ।
ओटावाका मेयरका अनुसार सहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन संकटकाल घोषणा गरिएको हो ।
अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार सुरुमा ट्रक चालकहरुले आन्दोलन थालेका थिए भने त्यसपछि उनीहरुलाई आन्द्वोलनमा थप सहयोग पुर्रयाउनका लागि अन्य व्यक्तिहरुको पनि सहकार्य बढेपछि शहर अस्तव्यस्त बन्न पुगेको हो ।
आन्दोलनकारीहरुले सडकमा ट्रक राखेर बाटो जाम गरेको छन् । यसैबीचमा आन्देलका क्रममा हिंसा तथा दुर्वव्यवहार भएको भन्दै केहि उजुरीहरु पनि परेका छन् ।
क्यानडा सरकारले यही जनवरी १५ तारिखमा कोरोनाविरुद्धको खोप अनिर्वाय गर्ने निर्णय गरेको थियो । सवारीसाधनमा लामो दुरीसम्म पनि पुग्नुपर्ने र कोभिडको खतरा बढ्ने भन्दै क्यानडा सरकारले खोपको मात्रा अनिवार्य गर्ने निर्णय गरेको थियो । त्यसपछि राजधानीमा आन्दोलन शुुरु भएपछि अवस्था असामान्य बन्दै गएको् हो ।