काठमाडौं । सदरमुकाम कुश्माबजारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । स्काई क्याफे कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले स्थापना गरेको हो ।
कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफेलाई सञ्चालनमा ल्याएको जनाएको छ । ‘द क्लिफ’का संचालक राजु कार्की रहेका छन् ।
‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’का लागि राखिने तारजस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भिरमा तार टाँगिएको छ । ‘क्याफे’ मा बस्नका लागि फलाममा काठका फ्ल्याक जडान गरेर बेञ्च र टेबल निर्माण गरिएको छ । त्यही टेबललाई घिर्नीका माध्यमबाट तारमा झुन्ड्याइएको छ ।
कालीगण्डकी नदीको सतहबाट लगभग २२८ मिटरको उचाइमा ‘स्काई क्याफे’ सञ्चालन गरिएको उक्त क्याफे संचालको भनाइ छ । यस क्पाफे निर्माणका लागि मात्र लगभग पन्चानब्बे लाख लगानी लागेको उनले बताएका छन ।
उक्त क्याफे प्रबेशमा दुईदेखि पाँच हजार सम्म सुल्क लाग्ने क्याफे संचालकले बताएृ । कार्कीका अनुसार कालीगण्डगिमाथि १२० मिटरका तारको सहायतामा उक्त क्पाफे संचालन गरिएका्े छ । अहिले शुरुवातीचरणमा मात्र रहेको र आगामी दिनमा थप साहसिक बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।