नेप्सेमा दोहोरो अंकको वृद्धि, पाँच अर्बको कारोबार

काठमाडाैं ।  साताको पहिलो दिन आइतबार ४० अंकले घटेको शेयर बजार सोमबार भने दोहोरो अंकको सुधार देखिएको छ ।

अघिल्लो दिन मात्र ४० अंक माथिले घटेर २८ सय ३५ अंकमा झरेको बजार आज १५.६९ अंकले बढ्दै २८ सय ५१.८६ अंकमा उक्लिएको हो ।

साताको दोस्रो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सेयर मूल्य ८.४२ प्रतिशतले वृद्धि भएको छ । आज यो नै सबैभन्दा धेरै सेयर मूल्य बढेको कम्पनी हो । निफ्राको नै सबै भन्दा धेरै कारोबार भएको छ । आज सो कम्पनीको ४९ करोड ३४ लाख ४९ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको हो ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.