काठमाडौं। सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ । डा. किरण पौडेलसहित पाँचैजना पदाधिकारीलाई केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
आज (सोमवार) बसेको मन्त्रीपरिषदको बैठकले पाँचै जनालाई बर्खास्त गरेको हो । बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोेटी, शशीकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्य रहेका छन् ।