अब ३ अर्बसम्मका ठेक्का नेपाली निर्माण व्यवसायीले लिने पाउने 

काठमाडौं ।  आज बसेको  मन्त्रीपरिषदको बैठमा सरकारले तीन अर्बसम्मका ठेक्का नेपाली निर्माण व्यवसायीले लिन पाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्री परिषदको  बैठकले यस्तो निर्णय   गरेको हो । यस अघि भने दुई अर्ब सम्मका्े मात्र ठेक्का नेपाली व्यवसायीले लिन पाउने व्यवस्था भएकोमा आज बसेको मन्त्री परिषदको बैठकले एक अर्ब बढाएर तीन अर्ब पारेको हो ।

आज मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेपछि सार्वजनिनक खरिद नियमावली संशोधन ंहुने भएको छ ।
  
श्रम,रोजगार तथा समाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताएअनुसार  अब एक निर्माण व्यवसायीले ३ अर्ब बराबारका ५ वटा सम्म ठेक्का लिन पाउने छन् ।  

यस अघि भने नेपाली निर्माण व्यावसायीहरुले  एक अर्बभन्दा बढीको ठेक्का लिदाँ विदेशी कम्पनीहरुसंग मिलेर काम गर्थे । अब भने त्यस्तो झन्झट हटेकोे छ ।

 यसैगरी निर्माण व्यावसायीहरुको ठेक्काको  पेश्की रकम (मोबिलाईजेसन कस्ट)  सरकारले घटाएर १० प्रतिशतमा झारेको छ । यस भन्दा पहिले यो रकम २० प्रतिशत रहे्को थियो ।

 यसभन्दा अगाडि ठेक्का लागेको समयमा १० र काम शुरु गरेको अवधिदेखि १० प्रतिशत गरेर रकम पाउँदै आएकोमा त्यो अवस्था परिवर्तन गरेर ५÷५ प्रतिशतमा झारेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.