काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेशमा ‘विशेष अभियान’ थाल्ने भएको छ ।
माघ २७ गते बस्न लागेको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकमा ‘विशेष अभियान’ सञ्चालनको बारेमा थप छलफल हुन लागेको हो ।
स्थानीय तहदेखि संघीय संसदको निर्वाचनलाई लक्षित गरेर संगठन निर्माणका लागि मधेश प्रदेशमा ‘विशेष अभियान’ तयारी गरिएको स्रोतको भनाइ छ ।
एक स्रोतका अनुसार मधेश प्रदेशका ८ वटै जिल्लामा ‘विशेष अभियान’ का लागि केन्द्रीय नेता खटाउनेसम्मको तयारी भइरहेको छ ।
उनले मधेश प्रदेशमा मात्रै नभएर कांग्रेस देशव्यापी अभियानमा जाने तयारीमा रहेको बताए ।
डा.सीके राउत नेतृत्वको जनमत पार्टी ‘आक्रामक’ रुपमा अघि बढेपछि कांग्रेस मधेश प्रदेशमा ‘विशेष अभियान’ सञ्चालन तयारीमा जुटेको हो ।