नयाँ पार्टी घोषणाको तयारीमा कमल थापा

काठमाडौं । नयाँ पार्टी घोषणाको तयारीमा कमल थापा जुटेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका कमल थापा आफ्नै  नयाँ पार्टी खोल्न लागेका हुन् । 

गत मङ्सिर १९ गते सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीहरुले भूमिका खेलेको जिकिर गर्दै आएका थिए ।

सो सम्बन्धमा पार्टीभित्र छलफल हुनुपर्ने थापाको एक सूत्रीय माग थियो । तर सो मागलाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन नगरेपछि थापाले मंगलबार गृहजिल्ला हेटौडामा पुगेर पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।

 त्यस लगतै उनले नयाँ पार्टीमा ‘राजसंस्था’ एजेण्डा परित्याग गर्दै  थापाले हिन्दुराष्ट्रको एजेन्डामात्र बोक्ने गरी नयाँ पार्टी बनाउन लागेको बुझिएको छ ।

 


थापाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगसँग सामान्य परामर्श गरिसकेका छन् । बुधबारदेखि आफ्नो समूहभित्र थप छलफल गरी पार्टीलाई मूर्तरूप दिने तयारी छ । 


 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.