निर्वाचन गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं ।  वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने  निर्णयविरुद्ध परेको रिट सर्वोच्चले दरपीठ  गरिदिएको छ । 

५ वर्ष पूरा कार्यकाल काम गर्न पाउनुपर्छ भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयर समृतकुमार साहले  रिट सर्वोच्चमा रिट हालेका थिए । 


रिटमा वैशाख ३० मै निर्वाचन गरे पनि असोज २ गते मात्रै आफ्नो ५ वर्ष पुग्ने भएकाले सो अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरेका थिए। तर सर्वोच्चले उनको माग अस्वीकार गरेको हो।   

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.