काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले एमसीसी परियोजना संशोधन गर्न अस्विकार गरेको छ । एमसीसी मुख्यालय अमेरिकाले एमसीसी संशोधन नहुने भन्दै यथाशक्य अनुमोदन गर्न नेपाल सरकारलाई ताकेता गरेको छ ।
फागुन १६ गते (फेब्रुअरी २८) भित्र नै एमसीसी कम्प्याक्ट अनुमोदन हुनुपर्ने भन्दै अमेरिकाले प्रभानमन्त्री शेरबहादुर देउवालाई ताकेता गरेका छन् । संसोधनमा एमसीसी संचालन नहुने र फागुन १६ नै अन्तिम मिति भएको समेत एमसीसी मुख्यालयले भनेको छ ।
एमसीसी मुख्यालयले बुधबार बेलुका नेपालस्थित एमसीए कार्यालय र दूतावासका अधिकारीसँग भर्चुअल छलफल गरि सो निर्णय सुनाएको थियो ।
एमसीसी उपाध्यक्ष फतिमा सुमार र सह–उपाध्यक्ष जोनथन ब्रुक्स राजदूत र्यान्डी बेरीसहितको बैठकको निष्कर्ष भन्दै राजनीतिक दल र सरकारलाई ताकेता पनि एमसीसी मुख्यालयले भनेको छ ।