खोटाङ । खोटाङमा बिहीबार ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार चार जना संक्रमित थपिँदा ४८ जनाले कोभिड–१९ को संक्रमणलाई जितेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा कोरोना संक्रमणको पहिलो, दोस्रो र तेस्रो लहरमा गरी ३ हजार ४२२ जनालाई संक्रमण पुष्टि भएकामा निको हुनेको कुल संख्या ३ हजार २८६ पुगेको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए ।
बिहीबार १०० जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनालाई मात्र संक्रमण पुस्टी भएको छ । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२२ भएको छ । अघिल्लो दिन १६६ संक्रमित थियो । सक्रिय संक्रमित होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १६ जार ६८९ जनाले कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । त्यसमध्ये ६७ हजार १९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोस्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।
जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलब्ध छ । यस्तै, १ थान भेन्टिलेटर, ७ वटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्स्ट्रक्सन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।