पार्टीले चाहे  फेरि मेयरमा उम्मेदवारी  दिने: विद्यासुन्दर

काठमाडौ । काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले चाहेमा आफू फेरि पनि काठमाडौ महानगरपालिकाको मेयर उम्मेदवारी दिने अताएका छन् । महानगरको वडा नं ११  त्रिपुरेश्वरमा स्मार्ट शौचालय उद्घाटन गर्दै मेयर शाक्यले संघ प्रदेश सरकासँग समन्वय गर्न नसक्दा र सहयोग नहुँदा आफ्नी योजना पूरा गर्न नसकेको बताए । 

झघना बस्ती छ शौचालय चाहिन्छ तर मेरो घर अगाडि होइन भन्ने मानसिकता छ । बस्तीमा स्मार्ट शौचालय बनाउनु प्रयोग हुने । व्वसायिक भन्दा पनि सेवाको हिसाबले गर्नुपर्छ ।  नयाँ पार्कहरुमा शौचालय अनिवार्य गरिएको छ । उनले भने । 

कार्यक्रममा काठमाडौ महानगरकि उप मेयर हरिप्रभा खड्गीले शौचालय नहुदा समस्या भएको बताइन् । स्मार्ट सिटीको लागि हरेक कुरा स्मार्ट हुनुपर्छ । ३ करोड बजेट राखेका छौं । प्रत्येक वडामा बनाउन सके बटुवाले पनि राहत पाउछन् । उनले भनिन । 

कार्यक्रममा वडा नं ११ वडाध्यक्ष हिरालाल तण्डुकारले वडा भित्र ५ वटा शौचालय बनाउने भनिय पनि जग्गा प्राप्ति नभएर समस्या भएको बताए । 
काठमाडौ महानगरपालिका र एरोशानको सहकार्यमा स्मार्ट शौचालय निर्माण गरिएको हो ।

273222075_956087688362169_7334170357683537890_n.jpgdddd.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.