विकास साझेदारद्धारा ६ महिनामा नेपाललाई १० अर्ब ८६ करोडको स्वास्थ्य सामाग्री

काठमाडौं ।  विकास साझेदार राष्ट्र तथा निकायले नेपाललाई पछिल्लो ६ महिनामा १० अर्ब  ८६ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गरेका छन् । 

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८ ८९ को पहिलो ६ महिना ९साउदन देखि पुससम्म०को अवधिमा विकास साझेदारले उक्त सहायता नेपाललाई उपलब्ध गरेका हुन् । 

यस अवधिमा विभिन्न विकास साझेदारले १० अर्ब ७० करोड रुपैयाँ बराबरको कोभिड–१९ विरुद्धको खोप उपलब्ध गरेको अर्थले जनाएको छ । 

यस्तै, विकास साझेदारहरुले जनस्वास्थ्य प्रतिरक्षाका लागि १६ करोड रुपैयाँ बराबरको अन्य स्वास्थ्य सामाग्री उपलब्ध गरेका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.