काठमाडाैं । नेपालमा चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा ६८ करोड रुपैयाँको स्यानिटरी प्याड भित्रिएको छ । साउनदेखि पुस मसान्तसम्ममा ६८ करोड ३१ लाख रुपैयाँको प्याड भित्रिएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार ८० करोड ४४ लाख पिस स्यानिटरी प्याड भित्रिएको हो । यसबापतप्याड आयातकर्ताले १९ करोड २९ लाख ४७ हजार रुपैयाँ भन्सार महसुल तिरेका छन् ।
नेपालमा भारत, चीन, अष्ट्रेलिया, बंगलादेश, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट प्याड भित्रिँदै आएको छ । यि मध्य सबैभन्दा बढी भारतबाट प्याड नेपाल भित्रिएको छ ।