एजेन्सी । भोपालमा एक बलात्कारको मुद्दा दर्ता भएको छ । यो घटना दिल्लीकी २१ वर्षीया युवतीसँग भएको हो । ती युवतीले भोपाल जीआरपीलाई पेन्ट्री कारका प्रबन्धकले शुक्रबार राति आफूमाथि अन्याय गरेको बताईन् । जान्नुहोस् पीडितले प्रहरीलाई दिएको बयानमा के भनिन्....
''म २१ वर्षकी भएँ। म पुरानो दिल्लीमा बस्छु। फेब्रुअरी ९ मा म दिल्लीबाट मुम्बई गएकी थिएँ । त्यहाँका मानिसहरूले मलाइ भने-मुम्बई राम्रो छैन । यहाँ केटीहरू बेचबिखन हुन्छ तिमी फिर्ता जाउ । ती मानिसका कुरा सुनेपछि शुक्रबार दिउँसो १२ बजे मुम्बईबाट दिल्ली फर्कन रेल समातेँ । त्यो ट्रेनमा निकै भीडभाड थियो, त्यसैले भुसावल स्टेशनमै ओर्लिएँ। त्यहाँबाट साँझ ६ बजे यशवंतपुर–निजामुद्दीन सम्पर्क क्रान्ति एक्सप्रेस (१२६२९) को एसी कोचमा बसेँ र भुइँमै कम्बल ओडेर सुतेँ । राति करिब ८ बजे एकजना मोटो मान्छे आयो । उसले नीलो रंगको शर्ट लगाएको थियो । उसले मलाई उठायो र भन्यो-किन यहाँ सुतेको ? जनरल कम्पार्टमेन्टमा सिट खाली छ । सुत्न जानु उसले जबरजस्ती मलाई जनरल बोगीमा लैजान थाल्यो । क्यान्टिनको डिब्बामा गएर गेट नजिकै सुत्नुस् भन्नुभयो ।
उसको आदेशमा म गेट नजिकै सुतेँ । केही बेरपछि त्यही मान्छे पुःन फर्कियो ।उसले मलाई उठाए र क्यान्टिनको डिब्बा (प्यान्ट्री कार) मा लग्यो। उसले म सँग गलत हर्कत गर्यो। चिच्याएपछि तीन–चार पटक थप्पड हान्याे र कसैलाई बताएमा रेलबाट हानेर मार्ने धम्की दियो । मैले रुँदै आफ्नो सामान उठाएँ र अर्को डिब्बामा गएँ। त्यतिबेला रातको १० बजिसकेको हुनुपर्छ । मैले ट्रेनमा दुई जनालाई भेटें। मैले उनीहरुलाई घटनाको बारेमा सुनाएँ। भोपाल पुगेपछि तीनै दुई जनालाई लिएर रेल प्रहरी चौकी पुगेँ । सबै घटना प्रहरीलाई बताएँ ।''
भोपाल रेलवे स्टेशनका डेपुटी म्यानेजर अनिल शर्माले कन्ट्रोल रुमबाट सन्देश आएको बताए । ''हामी उपस्थित हुन पुग्दा रेलको पेन्ट्री कारको कोच भित्रबाट बन्द थियो । कामदारले खोलेका छैनन् । कोच खोलेपछि सबैलाई नियन्त्रणमा लिइएको छ । राति नै १५ देखि २० जनालाई हिरासतमा लिइएपनि तीमध्ये केही यात्रु थिए, जो टिकट काटेर पेन्ट्री कारमा बसिरहेका थिए '' म्यानेजर शर्माले भने । यस मामिलामा ड्युटी टोलीमाथि पनि प्रश्न उठिरहेको छ। जीआरपीका एएसपी प्रतिमा एस म्याथ्यूले बालिकालाई पेन्ट्री कारको स्टोर रुममा बलात्कार गरेको बताएकी छन् । घटनाको अनुसन्धान जारी छ । घटनाका प्रत्यक्षदर्शी अहिलेसम्म भेटिएका छैनन् ।
इटारसीका डीएसपी रेल अर्चना शर्माले आरोपी भूपेन्द्र तोमरलाई जीआरपीले झाँसी रेलवे स्टेशनबाट पक्राउ गरेको बताइन् । ''उनी ट्रेनको अर्को डिब्बामा लुकेर बसेका थिए । भूपेन्द्र भिण्डका बासिन्दा हुन् । इटारसीमा कुनै रेल रोकिएको छैन। यहाँबाट रेल छुटेपछि घटना बाहिर आएको हो ।''डीएसपी अर्चनाले भनिन् ।