युवा संघको माग पछि १० लाख खोपको स्रोत खुल्यो, १४ लाख अझै गायब (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले २४ लाख खोप स्वास्थ्य मन्त्रलायले गायब गरिएको भन्दै स्वास्थ्य मन्त्रीको राजिनामालाई लिएर निरन्तर आन्दोलन जारी राखेको छ । 

संघले स्वास्थ्य मन्त्री विरोध खतिवडालाई विपक्षी बनाएर अख्तियार अनुशन्धान आयोगमा समेत निवेदन दिएका थिए । यस्तै संघले आइतवार स्वास्थ्य सेवा विभागमा २४ लाख खोप हराएको भन्दै त्यसको स्रोत माग गरेको छ ।

युवा संघको समूहले आइतवार खोपको विवरण माग गरेपछि विभागले खोपको नयाँ विवरण सार्वजनिक गरेको छ । २४ लाख खोप हराएको विवरण दिएको विभागले आइतवार भने १४ लाख खोपको विवरण भने दिन सकेन  । युवा संघको आन्दोलन पश्चात विभागले १० लाख खोपको विवरण सार्वजनिक गरेको हो ।

विभागले स्थानीय तहहरुमा पठाएको १० लाख खोप भण्डारणकै क्रममा रहेको विवरण सार्वजनिक गरेको हो । युवा संघको माग पछि विभागले १० लाख खोप विभिन्न स्थानीय तहलाई पठाएको तर प्रयोग वारे जानकारी नभएको हुनाले गायब भएको विवरण यस अघि जानकारी दिएको बताउँदै १० लाख खोपको विवरण स्थानीय तहले जानकारी दिएको बताएका छन् ।

विभागका प्रवक्ता डा. विरेन्द्र चौरासियाले युवा संघका पदाधिकारी र मिडियालाई जानकारी दिदै १० लाख खोप स्थानीय तहले प्रयोग गरेको विवरण सार्वजनिक गरेको हो । कुन स्थानीय तहले कति माात्रामा खोप प्रयोग गरेको हो त्यसको विवरण केही दिनमा सार्वजनिक गरिने पनि बताइएको छ ।

बाँकी १४ लाख खोपको अनुशन्धान समेत भइरहेकोले त्यसको विवरण पनि चाँडै सार्वजनि गरिने विभागले जनाएको छ । युवा संघले विभन्न माग राख्दै सरकारविरुद्ध निरन्तर आन्दोलन जारी राखेको छ । 

खोपको विषयलाई संघले आवाज उठाएपछि विभागले पछिल्लो विवरण सार्वजनिक गरेको प्रचार विभागका प्रमूख महाराज गुरुङले क्विक नेपाललाई जानकारी दिए ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.