एमालेको सचिवालय बैठक साँझ ६ बजे, संसदीय दलको बैठक भोली ११ बजे

काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न  नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक  बोलाएको छ ।  पछिल्लो समयको राजनीतिक परिस्थितीसँगै एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई लागेको महाअभियोग र एमसीसीको वारेमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाइएको बताइएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बाल्कोटमा आज साँझ ६ बजे सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभागका उप प्रमुख विष्णु रिजालले बताएका छन् । यस्तै नेकपा एमालेले भोली ११ बजे बानेश्वरस्थित संसद भवनमा बैठक बस्ने गरि सांसदहरुलाई बोलाईएको छ । 

आज हुने सचिवालय बैठकको निष्कर्ष र थप छलफलका लागि संसदीय दलको बैठक  बोलाइएको रिजालले बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.