महाअभियोग षडयन्त्रपूर्ण कदम भएको एमालेको ठहर, प्रतिवाद गर्ने निर्णय

काठमाडौं । सत्तारुढ दलहरुले प्रधानन्यायाधीशविरुद्व दर्ता गरेको महाअभियोग स्वतन्त्र न्यायपालिकाविरुद्वको षडयन्त्र भएको ठहर गरेको छ ।  

लोकतान्त्रिक गणतन्त्रमामा सत्तारुढ दलहरुले प्रतिपक्षसँगको सम्बन्धलाई बेवास्ता गर्दै प्रतिगामी कदम चालेको निष्कर्ष एमालेले निकालेको छ ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा आकस्मिक रुपमा बसेको सचिवालय बैठकले सत्तारुढ दलले गरेको उक्त निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ ।  

महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई त्यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले बताए ।

बैठकको अन्य निर्णयको वारेमा सोमवार बस्ने संसदीय दलको बैठकपछी मात्रै जानकारी दिने उनले बताए ।  

सोमवार बस्ने संसदीय दलको बैठकले महाभियोग र सभामुखको बिषयमा निर्णय गर्ने पनि महासचिव पोखरेलले बताएका छन् ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.