काठमाडौं । राष्ट्रिय युवा संघ नेपालमा हस्तक्षेप गरेको भन्दै नेकपा एमालेका नेता महेश बस्नेतले एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन् ।
युवा संघले विधान अनुसार गरेको निर्णय हरु सँग बाँझिने गरि निर्णय गर्न र निर्देशन दिने अधिकार नेता अधिकारीलाई नभएको भन्दै युवा संघको इन्चार्ज समेत रहेका बस्नेतले अधिकारीलाई जिम्मेवारी हटाउन माग गरेको हो ।
सामाजिक सन्जालमा आफ्नो धारणा राख्दै नेता बस्नेतले अधिकारीविरुद्व केही प्रश्न गरेका छन् ।
क.खगराज अधिकारी
१) पार्टीको जन बर्गीय संगठनहरु राजनैतिक रुपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिक रुपमा आफ्नै बिधान र स्वायत्त ढङ्गले अगाडी बढ्ने गर्दछन् ।
२) पार्टीको सचिवालयको बैंठकले जन संगठन संयोजन संयन्त्रले कार्यबिधि पारित गरिसकेपछि सो संग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ?
३) युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?
४) संगठनको इन्चार्ज , अध्यक्ष समेतसंग परामर्श हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?
६) छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाई संगठन बिभाग चलाउन सक्ने ब्यक्ति होइन् ।
७) तसर्थ क.खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसंग माग गर्दछु ।
