निसान अल–न्यु नाभारा 'लाइफस्टाइल एडिसन'को ५ भेरिएन्ट बजारमा

काठमाडौं । निसानले आज नेपाली बजारमा द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स लन्च  भएको घोषणा गरेको छ । ८० वर्ष भन्दा लामो समय देखि पिकअप सेगमेन्टमा विश्वासिलो बन्दै आइरहेको निसानले ग्राहकका लागि एड्भान्स्ड टेक्नोलोजी सहितका उत्पादन उपलब्ध गराउने कुरामा विश्वास गर्दछ । अल–न्यु निसान नभाराको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टमलगायतका विभिन्न बेस्ट–इन–क्लास टेक्नोलोजी रहेका छन् , जसले नभारालाई अझै एड्भान्स्ड बनाएको छ । 

। narva1.jpg

द अल–न्यु नभारामा नया फ्रन्ट (बम्पर,ग्रिल,हेडल्याम्प ,हुड)इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ । त्यसैगरी यसमाथिन–फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकलइन्फोटेनमेन्ट प्रयोग गरिएको छ । नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी बे्रकिङ,भेइकल डाइनामिक कन्ट्रोल,ट्रयाक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्ट लगायतका सेफ्टी फिचर उपलब्ध छ । नभारामा बेटर फ्युलइकोनोमी ,ह्यान्डलिङ र राइड कम्फर्टका साथै डाइनामिक पर्फमेन्स र सेफ्टी उपलब्ध छ । त्यसैगरी यसमाआर्म रेस्ट बेड फङसनालिटी ,अफरोड मोनिटर सहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्ट सहितको आकर्षक फिचर छ । यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्टनर बनाउन योग्य छ र अप्टिमल रुम,कम्फर्ट,सेफ्टी र सहजताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामना गर्न तयार छ ।

narva3.jpg

निसान इन्डिया अपरेसनका अध्यक्ष सिनान ओजकोकले भने, ‘हामी नेपाली बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न सफल भएकोमा गर्व गछौँ । अल–न्यु नभाराको उपलब्धी पश्चात हामीले हाम्रा विवेकी ग्राहकहरुको लागि बेस्ट पर्फमेन्स गाडी उपलब्ध गराउने छौ र यसले बजारमा निसानको स्थितीलाई अझै बलियो बनाउन सहयोग गर्नेछ ।’

त्यस्तै पायोनियर मोटोकर्पकाम्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले भने, ‘नेपालमा पिकअप ट्रकको बजार बलियो बन्दै गएको छ र हामी नयाँ उत्पादन उपलब्ध गराउन पाएकोमा उत्साहित छौँ । पहिलो लाइफस्टाइल एडिसन युटिलिटी भेइकलको रुपमा द अल–न्यु नभारा लन्च गरेकोमा हामी गौरवान्वित छौँ ।’ 

निसान इन्डियाका एक्सर्पोट सीबीयु एन्ड साउथ एसियाबिजनेस युनिटका हेड रघुनाथ नायरले भने, ‘निसान नभाराको लाइफस्टाइल एडिसन लन्च गरेर हामीले ग्राहकलाई बेस्ट–इन–क्लास भइकल उपलब्ध गराएका छौ । नेपाल हाम्रो लागि महत्वपूर्ण बजारभएको सन्र्दभमा आगामी दिनमा समेत अन र अफरोडका लागि डाइनामिक पर्फमेन्स र सेफ्टी तथा कम्फर्टयुक्त बेस्ट–इन–क्लास कार लगातार रुपमा उपलब्ध गराउँदै जानेछौँ । ’

narva4.jpg

द अल–न्यु नभारामा नयाँ फिचरको रुपमा बडी कलर्ड फ्रन्ट बम्पर (अफरोड) एलईडी हेडलाइट ब्ल्याक र सिग्नेचर ब्ल्याक रियर बम्पर (स्टेप) र एफआर फगलाइट एलईडी रहेका छन् । 
द अल -न्यु नभारा विभिन्न ५ भेरिएन्टमा उपलब्ध हुनेछ र यसको मूल्य यसप्रकार छः 

2.5D Navara LO MT -९५ लाख ४९ हजार रुपैयाँ 

2.5D Navara HI AT -१ करोड १३ लाख रुपैयाँ

2.5D Navara LO AT -९७ लाख ४९ हजार रुपैयाँ

2.5D Navara HI MT -१ करोड ११ लाख रुपैयाँ 

2.5D Navara Offroad HI AT -१ करोड १६ लाख रुपैयाँ

बाहिरी भाग 
ठूलो र रिडिजायन गरिएको 
ग्रिल थ्रीडी ट्रिम पिस 
ट्रेडमार्क भी–मोसन ग्रिल 
नभारा ब्रान्डिङ सहितको प्रोमिनेन्ट क्रोम ट्रिम 
सार्पर एलईडी डेटाइम रनिङ लाइट अलिअग्लो गरी मिलाइएको फगल्याम्प 
नयाँ एलईडी टेलल्याम्प क्लस्टर ह्विलआर्चमा एक्स्ट्रा बडी क्लेडिङ 
नयाँअप्सनको रुपमासिक्स स्पोक टु-टोन अलोय ह्विल 

भित्री बनावट 
थैी स्पोक स्टेयरिङ ह्विलकाकारण स्पोर्टियर अनुभव
ठूलो ९ इन्च मल्टी फङसनलइन्फोर्मेसन डिस्प्ले सहितको नयाँ टीएफटी मिटर र नयाँआईभीआई 

प्रविधि र सुरक्षा 
नयाँ थप फिचरकोृ रुपमा निसान इन्टेलिजेन्ट मोबिलिटी 
इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ 
अफरोड मोनिटरको रुपमा स्ट्यान्डर्ड इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर 

© 2021 Quicknepal.com  |  All Rights Reserved.