काठमाडाैं । आइतबार १०१ अंकले घटेको सेयर बजार सोमबार भने स्थिर भएको छ ।
सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।
२ सय २७ वटा कम्पनीको ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९ सय रुपैयाँको सेयर कारोबार भएको छ भने कम्पनीको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोको सेयर मूल्य वृद्धि भएको छ । आज सो कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशतले वृद्धि भएको हो ।
सोमबार कुल काराेबार रकम ३ अर्ब ६८ कराेड ४० लाखमा सीमित रह्याे । आइतबार ५ अर्ब बढीको सेयर काराेबार भएको थियाे ।