लमजुङ । लमजुङमा १ लाख २१ हजार ४ सय ६३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसमध्ये २ पटक खोप लगाउनेको संख्या १ लाख १५ हजार ४ सय ४७ रहेको छ । पछिल्लो समय खोप लगाएका विद्यार्थी र पहिलो खोप ढिला लगाएका ५ हजार ९ सय ९३ जनाले दोस्रो मात्राको खोप लगाएका छैनन् । स्वास्थ्य कार्यालयले कुल १ लाख ३२ हजार ८ सय ७० जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो ।
पहिलो खोप ९२ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले बताए । उनका अनुसार पूरा खोप (दोस्रो डोज) ८७ प्रतिशतले लगाएका छन् ।
स्वास्थ्य कार्यालयले १८ वर्षमाथिका १ लाख १३ हजार ४ सय ८२ र १२ देखि १७ वर्षका १९ हजार ३ सय ८८ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । १२ देखि १७ बर्षसम्मका १६ हजार ४ सय ४२ जनालाई पहिलो डोज मोर्डना खोप लगाइएको छ । दोस्रो खोप १५ हजार ५ जनाले लगाएको स्वास्थ्य कार्यायले जनाएको छ । कार्यालयका अनुसार कुल ५ हजार ५१ जनाले बुस्टर डोज लगाएका छन् ।
स्वास्थ्य कार्यलयका प्रमुख अमर दवाडीका अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य का