कलाकार रमेश केसीको हृदयघातका कारण सुटिङस्थलमै निधन

काठमाडौं । कलाकार रमेश केसीको हृदयघातका कारण निधन भएको छ । आईतवार टेलिफिल्म ‘हर्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका क्रममा उनलाई हृदयघात भएको थियो । मट्टारे उपनामले चिनिने कलाकार केसीको जन्म २००८ मा ललितपुरको इमाडोलमा भएको हो ।

नाटक अञ्जान बाट अभिनय यात्रा शुरु गरेका केसीले मुना मदन, एक चिहान, के सक्कली के नक्क्ली, मोदी आईन्लगायतका नाटकहरुमा काम गरिसकेका छन् । यस्तै हर्के हवल्दारसहित तितो सत्य, आफ्नै कथा, अब त अति भो, एकादेशको चुरी फुरी, लक्ष्मी र आमैसहित दर्जन बढि टेलिफिल्ममा समेत उनले अभिनय गरिसकेका छन् ।

आईतवार विहान बाईक चढेर छायाँकन स्थल धर्मस्थली पुगेका उनलाई एकासी हृदयघात भएको हो । हृदयघात भएका उनलाई सुटिङ युनिटले बाँसबारीस्थित गंगालाल अस्पताल पुराएका थिए । अस्पताल पुराउँदा कलाकार केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको दुई छोरा, तीन छोरी र श्रीमति छन् । कलाकार केसीप्रति क्विक नेपाल हार्दिक श्रदाञ्जली अर्पण गर्दछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.